मौरीपालनको विकास गर्न स्थापना गरीएको यस कार्यालयको इतिहासको कुरा गर्दा राजनिकुन्ज ,गोकर्ण ,र नागार्जुन भित्रका घार पर्खालहरुमा भएका खोपाहरुमा रहेका मौरी गोलाहरुको वन्यजन्तु संरक्षण विभागको नामबाट रेखदेख र संरक्षणको शुरुवात गरीएको पाईन्छ । पछि , २०३८ सालमा रसियन ढाँचाको चौकोसे घार भित्रयाईएको देखिन्छ । २०४१ सालमा प्राविधिक रेखदेख र व्यवस्थापनको लागि राष्ट्रिय योजना आयोगको निर्देशनमा अर्थ मन्त्रालयबाट बजेटको व्यवस्था भई आएपछि ०४२/४३ देखि तत्कालिन व्यवसायिका किट विज्ञान आयोजना , राजनिकुन्ज मौरीपालन आयोजना नाममा प्राविधिक संयोजन प्रारम्भ भएको थियो । त्यसपछि ,२०५३ सालमा यसलाई एपिस सेरेना मौरीको संकलन , संरक्षण , विकास र विस्तार गर्न राजनिकुन्ज मौरीपालन कार्यालय ,गोकर्ण नामाकरण गरी पुर्णरुपमा कृषि विभाग अन्तर्गत राखि व्यवस्थापन गरीदै आएको थियो । २०६४/४/१७ को सचिव स्तरिय निर्णय अनुसार स्थायी व्यवस्था नभए सम्म गोकर्णबाट कार्यालय गोदावरीमा स्थानान्तरण गरिएको थियो । कार्यालयको स्थायी स्थानान्तरणको लागी व्यवस्था गर्न विभिन्न स्थानहरुको स्थलगत अध्ययनवाट किम्वु नर्सरी व्यवस्थापन केन्द्र भण्डारा, चितवनको हाता भित्र स्थानान्तरण गर्न उपयुक्त ठहर गरी मिति २०६६/९/२२ को मन्त्रिपरिषदको बैठकबाट निर्णय भए अनुसार ०६७ \ ०६८ आ.व देखि किम्वु नर्सरी व्यवस्थापन केन्द्र भण्डारा ,चितवनको हाता भित्र स्थायी स्थानान्तरण गरी तराई तथा भित्रि मधेशमा एपिस मेलिफेरा जातका मौरीको संरक्षण ,संवर्धन ,विकास र विस्तार गर्ने गरी यस कार्यालयको व्यवस्था गरीएको छ ।
मौरीजन्य उत्पादनको गुणात्मक र परिणात्मक बृद्धि गर्ने ,मौरीजन्य उद्योग स्थापना गरी रोजगारीको अवसर श्रृजना गर्ने ,मह र मौरीजन्य उत्पादनको विदेशमा निर्यात गरी देशको आर्थिक उन्नतिमा टेवा पु¥याउने यस कार्यालयको दिर्घकालिन सोच रहेको छ । जनमानसमा चेतना बढाई मह सेवनमा बृद्धि ल्याउने ,परागसेचनको माध्यमवाट कृषिजन्य उत्पादनमा बृद्धि गर्नमा सहयोग पु¥याउने र जैविक विविधता संरक्षणमा सहयोग गर्ने उदेश्यका साथ कार्यक्रमहरु संचालन भईरहेको छ । मौरी पकेट क्षेत्र छनोट गर्दा उपयुक्त वाली प्रणाली ,फलफूल वगैचा,चरण क्षेत्र आदी संग आवद्ध गर्दे लैजाने, गुणस्तरीय रानु उत्पादन तथा वितरण गरी मह उत्पादनमा समेत बृद्धि ल्याउन सहयोग पुर्याउने ,मौरी श्रोत केन्द्र विकास र कृषकमा प्रविधि हस्तान्तरण गर्ने जस्ता कार्यक्रमहरु संचालन भईरहेको छ ।
०६७/०६८ आ.व. देखी किम्बु नर्सरी व्यवस्थापन केन्द्र, भण्डारा चितवनको हाता भित्र स्थायी स्थानान्तरण गरी तराई तथा भित्रि मधेशमा एपिस मेलिफेरा जातका मौरीको संरक्षण ,संवर्द्धन ,विकास र विस्तार गर्ने गरी यस कार्यालयको व्यवस्था गरीएको हो ।मौरीजन्य उत्पादनको गुणात्मक र परिणात्मक बृद्धि गरी मौरीजन्य उद्योगको स्थापना गरी रोजगारीको अवसर सृजना गर्ने ,मह र मौरीजन्य उत्पादनको विदेशमा निर्यात गरी देशको आर्थिक उन्नतिमा टेवा पुर्याउने यस कार्यालयको दिर्घकालिन सोच रहेको छ ।